Posts

Showing posts from August, 2020

गोर्खा मदर्स, दिल्लीद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगिताको पुरस्कार वितरण नयाँ दिल्ली, बिहीबार १३ अगस्त २०२० (निस) गोर्खाहरू जहीं गए तापनि आपसमा एकवद्ध भई सङ्कटमा परेका मानिसहरूलाई सघाउ पुर्यातउन सदैव अग्रसर हुन्छन् । हुन ता उनीहरू रोजगारका निम्ति विबिन्न महानगरतिर पसेका हुन्छन् । यद्यपि यस्ता परोपकारी कार्य गर्न आफ्नो व्यस्तताको जीवनबाट पनि समय निकाल्छन् । यसै क्रममा देशको राजधानी नयाँ दिल्लीमा सञ्चालित दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले आयोजना गरेको अनलाइन नृत्य प्रतियोगिताको अन्तिम चरणको भीडन्त समाप्त भएको छ । ए र बी दुइ समूहमा राखिएको यो प्रतियोगितामा अट्ठाइसजना प्रतियोगीहरूले भाग लिएका थिए । जसको अन्तिम चरणको भीडन्तमा बाह्रजना पुगेका थिए । यीमध्ये समूह ए मा प्रथम बृन्दा पोर्तेल, सिलगढ़ी, दोस्रो सृष्टि दुतराज, नयाँ दिल्ली अनि तेस्रो सेजल राई, कालेबुङ भए । यसरी नै समूह बी मा प्रथम रैना मुखिया, दार्जीलिङ, दोस्रो कृपा गजमेर, नयाँ दिल्ली अनि तेस्रो अदिति सुनाम, नयाँ दिल्ली भए । दक्षिण दिल्लीको वसन्त विहार अवस्थित प्रिया सिनेमा नजीकको पार्कमा आयोजित पुरस्कार वितरण समारोहमा असमको कार्बिआङलोङबाट फेशन डिजाइनर अनि मोडेल जितिका देवी अनि युनिक डान्स अकादमीका प्रमुख अनि उक्त प्रतियोगिताका एकजना निर्णायक गुरू धनराज पैजापुन उपस्थित थिए । उहाँहरूको बाहुलीबाटै विजेताहरूलाई पुरस्कार प्रदान गरियो । यो प्रतियोगितामा कालेबुङबाट गुरू बिकास दर्नाल सिलगढ़ीबाट गुरूमा शान्ति लामा, दार्जीलिङबाट गुरू मणि थापा, खरसाङबाट गुरू गगन थापा ग्रेगरी अनि नयाँ दिल्लीबाट गुरू धनराज पैजापुनले निर्णायकगणको रुपमा योगदान दिएका थिए । प्रतियोगिताको आयोजन, प्रतियोगीहरू, उनका अभिभावकहरू, निर्णायकगण लगायत सम्बन्धित अन्य मानिसहरूसित समन्वयन गर्ने काम मुख्य समन्वयक प्याट्रिसिया निकोलस थिइन् भने पूर्व सञ्चार सचिव नोमी खातीले पनि उतिकै सक्रियताका साथ काम गरेकी थिइन् । यसरी नै यो प्रतियोगितालाई सफल पार्न संस्कृतिक सचिव भूमिका चामलिङ, अध्यक्षा अनु शिल्पकार, महासचिव पूनम सिंह, अन्य पदाधिकारीहरू कविता गुरूङ राई, दीपा छेत्री, निशा रसाइली, सतिमा राई, रीता मङ्ग्राती, जलिना ठाकुर, अमृता लेप्चा, सबिता राई, रोशनी कालिकोटे, गीता तामाङ गुरूङ, मामिला घतानी, सुष्मा गोम्स, खुशी रसाइली, दीपा छेत्री अनि अरूहरूको विशेष भूमिका रहेको थियो । यसरी नै पुष्पा सिंह अनि लीला शङ्करले अरू बेला जस्तै खानाको व्यवस्थापनमा मुख्य भूमिका निभएका थिए । यो प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीको पक्षबाट नोमी खातीले धन्य़वाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको आशा राखेकी जानकारी दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी वर्तमान सञ्चार सचिव सुनीता राईले दिएकी छिन् ।

Image
मदर्स डांस कॉम्पटीशन दिल्ली online prize distribution

पुर्व राज्य मंत्री रामकुमार वालिया बीजेपी में

Image
प्रकाशनार्थ उत्तराखण्ड के पूर्व राज्य मंत्री एवँ किसान कांग्रेस के पूर्व राष्ट्रीय उपाध्यक्ष रामकुमार वालिया आज यहाँ अपने सैकड़ों समर्थकों के साथ भाजपा में शामिल ,भाजपा के राष्ट्रीय उपाध्यक्ष एवँ उत्तराखण्ड एवँ दिल्ली के प्रभारी श्री श्याम जाजू एवँ दिल्ली प्रदेश भाजपा के अध्यक्ष आदेश गुप्ता ने दिलाई भाजपा की सदस्यता --------------------------------------------------- उत्तराखण्ड के पूर्व राज्य मंत्री एवँ पूर्व किसान कांग्रेस के राष्ट्रीय उपाध्यक्ष अपने सैकड़ों समर्थकों के साथ दिल्ली भाजपा के कार्यालय में भारतीय जनता पार्टी भाजपा में शामिल हो गये है उन्हें पहले भाजपा के राष्ट्रीय उपाध्यक्ष एवँ दिल्ली एवँ उत्तराखण्ड के प्रभारी श्री श्याम जाजू एवँ दिल्ली प्रदेश भाजपा के अध्यक्ष श्री आदेश गुप्ता जी ने भाजपा का पटका पहनाकर भाजपा की सदस्य्ता दिलाई श्री श्याम जाजू किसी कारण वश कार्यक्रम में नही पहुँच पाये उन्होंने कार्यक्रम के उपरांत अपने कार्यालय में श्री वालिया को सदस्य्ता दिलाई इस अवसर पर श्री श्याम जाजू ने कहा कि रामकुमार वालिया एक संघर्षशील एवँ सामाजिक व्यक्ति है इनके भजपा में आने से भाजपा ...