नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको अन्तिम संस्कारका लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए ।
नयाँदिल्ली । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको अन्तिम संस्कारमा नेपाली सेनाको पनि सहभागीता रहेको छ । रावतको शुक्रबार अन्तिम संस्कार गरिएको थियो
रावतको अन्तिम संस्कारको लागि नेपाली सेनाले समेत तीन स्टार जनरललाई सहभागिताको लागि पठाएको थियो । नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की जनरल रावतको अन्तिम संस्कारका लागि दिल्ली गएका थिए । जनरल कार्कीले जनरल रावतको अन्तिम संस्कारको लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए ।
जनरल बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिइएकोले उनलाई नेपाली सेनाले यति उच्च सम्मान दिएको हो । नेपाल र भारतबीच एक अर्काका सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । जनरल रावत पहिले भारतको स्थल सेना प्रमुख रहेका बेला नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएकी थिइन् ।
Om SHANTI 🙏
ReplyDeleteHE WAS A GREAT HERO
WITH INDOMITABLE SPIRIT. HE WILL REMAIN IN THE HEARTS OF INDIANS🙏