अमेरिकामा पहिलो नेपाली न्यायाधीशमा रीना गुरुङ नियुक्त

 


अमेरिकामा पहिलो नेपाली न्यायाधीशमा रीना गुरुङ नियुक्त

नेपालीमुलका रीना(रन्जीता) गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा पदोन्नती भएकी छन् । उनी अमेरिकामा नेपाली समुदायबाट संभवत: पहिलो नेपाली महिला न्यायाधीश हुन् ।


रन्जीताले यही १५ जूनमा  ब्रोकलाइन हाईकोर्टमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथग्रहण गरेकी थिइन् । कार्यक्रममा अमेरिकन र नेपालीहरु गरी झण्डै ३०० जनाको सहभागिता थियो ।

रीनाका परिवार कान्छा बाबा कमल गुरुङ र धन गुरुङ पनि यूकेबाट पनि सहभागी भएका थिए । पछिल्लो समय गोर्खाहरुका छोराछोरीले देश विदेशमा राम्रो प्रगति गर्दै आएको देखिन्छ । भूतपूर्व ब्रिटिस गोर्खा यामबहादुर गुरुङ र श्रीमती राजकुमारी गुरुङका दुई सन्तानमध्ये रीना सानैदेखि पढाईमा अब्बल थिए । पिता सेनाकै जागिरमा हुँदा ब्रुनाई टापुमा जन्मिएका रीनाले हाईस्कुल कास्की पोखराको सेन्ट मेरिज स्कुलबाट गरिकी हुन् । पिताको ब्रिगेड अफ गोर्खाज्बाट अवकाश भएपछि सपरिवार अमेरिका प्रवेश गरेका थिए । रीनाले New England school of law Boston JD(Juri’s doctor) गरिकी हुन् ।

 

पुरानो गाउँ धम्पुस  स्व उदय बहादुर गुरूड र स्व कुन्ति देबि गुरूड को नातिनी , हाल न्यूयोर्क क्विन्स फुस्लिङ निवासी पूर्व ब्रिटिस सैनिक यामबहादुर गुरुङ र राजकुमारी गुरुङकी छोरी नेपाली डायस्पोरामा पहिलो न्यायाधीश बनेकी छन् ।

 

छोरी न्यूयोर्क राज्य र सम्पूर्ण संयुक्त राज्य अमेरिकामा नियुक्त भएकोमा उनका परिवारजनले खुसी व्यक्त गरेका छन् ।

Comments

Post a Comment

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन