गोर्खाल्याण्ड राज्यको को लागी दिल्ली म १० फेव्रुअरीदेखि १२ फेरवरीको सर्व भारतीय कार्यक्रम हुने र सम्पुर्ण राजनैतिक र गैर राजनैतिक दलहरूलाई आमन्त्रित गर्ने: महासचिव गौतम कालिकोटे छेत्री।
१० फेव्रुअरीदेखि १२ फेरवरीको सर्व भारतीय कार्यक्रम हुने र सम्पुर्ण राजनैतिक र गैर राजनैतिक दलहरूलाई आमन्त्रित गर्ने: महासचिव गौतम कालिकोटे छेत्री। भारतको सड्धीय गणतान्त्रिक निर्माणकालको अवधिमा एवं स्वाधीनताको राष्ट्रिय सडधर्षमा साथै सड्धीय शासनको धडेरी बसाउनमा योगदान दिने समुहमा अन्य भारतीय जातिसितै, एउटै लहरमा गोर्खा जातिको पनि निस्वार्थ सहयोग र भागीदारी भएको इतिहासलाई कसैले नकार्न सकिंदैन। गान्धीजीको सत्याग्रह देखि लिएर नेताजी सुभाषचन्द्र बोसको सशस्त्र आन्दोलनमा भारतीय गोर्खाहरुको शतप्रतिशत योगदान र भागीदारी भएको गरिमामय अनि महिमामय इतिहास हुँदाहुँदै पनि यो इतिहास सही ढड्गमा नबुझिदिदा,अनि केन्द्रीय सरकारलाई सही ढड्गमा नबुझाइदा, आजसम्म भारतका गोरखाहरू भ्रम र भ्रान्तिपुर्ण संदिग्ध राष्ट्रिय परिचय लिएर बाँच्नु परिरहेको छ।भारत देशको स्वतन्त्रता पश्चात् कार्यापालिका, शासन व्यवस्थापिका र न्यायपालिकामा हाम्रो भारतीय गोर्खाहरू विस्थापित भएका छौं।सन् १९५० मा भारत सरकारको पुनर्स्थापना योजना अन्तर्गत यस समुदायलाई देशका विभिन्न राज्यका शहरमा आधा मनस्थितिमा बसाइयो । आ...