कैसे मनाये धनतेरस - महिमा, महत्व और पूजा की विधि
धनतेरस पर्व 2024. मंगलवार। श्री धनवंतरी स्वरूप श्री श्री श्री औषधचक्र नारायणाय नमः॥ ॐ वासुदेवाय विघ्माहे वैधयाराजाया धीमहि तन्नो धन्वन्तरी प्रचोदयात् || ॐ तत्पुरुषाय विद्महे अमृता कलसा हस्थाया धीमहि तन्नो धन्वन्तरी प्रचोदयात् || 1. “धन” को अर्थ “धन/द्रव्य” वा “सम्पत्ति” आदि हुन्छ भने “तेरस” को अर्थ विक्रम संवत् हिन्दु पात्रोको १३ औं दिन लाई भनिन्छ। यस अर्थमा कार्तिक कृष्ण पक्ष त्रयोदसी अर्थात् कार्तिक कृष्णपक्षको १३ औ दिनको दिनमा कार्तिक कृष्ण पक्ष औंसीको दिन गरिने लक्ष्मी पूजाको लागि सामग्री (धन सम्पत्ति) को क्रय (किन्ने / खरिद) गर्ने कार्य लाई नै धनतेरस भनिएको हो। धनतेरस पर्वको दिन लक्ष्मी पूजाको किनमेलका लागि छुट्याइएको एक विशेष दिनको रूपमा लिन सकिन्छ। 2. धनतेरसको पर्व दीपावलीको दुई दिन अघि मनाइन्छ। यसलाई सुख, समृद्धि र राम्रो स्वास्थ्यको प्रतीक मानिन्छ। हिन्दू क्यालेन्डर अनुसार यो पर्व कार्तिक महिनाको त्रयोदशीका दिन मनाइन्छ । यस वर्ष धनतेरस पर्व कात्तिक २९ गते मंगलबार मनाइँदैछ । यसलाई ‘धन त्रयोदशी’ पनि भनिन्छ। 3. धनतेरस कार्तिक कृष्ण पक्ष त्रयोदसीको दिन पर्छ। कार्तिक कृष्ण पक...